महिनावारीबारे नायिकाको ट्वीटमा यी नायकले भने, ‘भाउजु पागल हुनुभयो’
एजेन्सी
जेठ १४ – भारतीय फिल्मका नायक, निर्माता र लेखक केआरके एकपटक पुनः आफ्नो बयानका कारण विवादमा आएका छन् । यसपटक उनले नायिका ट्वींकल खन्नालाई निशाना बनाएका छन् । उनले ट्वींकल खन्नालाई पागलको संज्ञा दिएका छन् ।
वास्तवमा, आजकाल ट्वींकल खन्ना महिनावारीमाथि बनाइएको फिल्म ‘प्याडम्यान’ को विषयमा सोसल साइटमा निकै एक्टिभ छिन् । ट्वींकलले ट्वीटरमा एक फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘महिनावारीबारे कुराकानी गर्न लजाउनु हुँदैन ।’ उनको यसै ट्वीटमा केआरकेले ट्वीट गरेका छन्, ‘ट्वींकल खन्ना मानिसहरुलाई महिनावारीबारे कुरा गर्ने सल्लाह दिइरहेकी छिन् । यी भाउजु पूर्ण रुपमा पागल भइसकेकी छिन् । कसैले उनलाई अस्पतालमा भर्ना गराउ ।’
केआरकोले महिलामाथि गरेको यस्तो ट्वीट यो पहिलो पटक भने होइन । उनले थुप्रै पटक विवादास्पद बयान दिएका छन् । यसैकारण ट्वीटरले केही समयका लागि केआरकेको अकाउन्ट पनि सस्पेन्ड गरेको थियो तर उनलाई यसले केही फरक पारेको जस्तो देखिन्नँ । ट्वींकल खन्ना फिल्म ‘प्याडम्यान’की निर्मात्री हुन् जसमा अक्षय कुमार मुख्य भूमिकामा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण