१० बलिउड नायिका जसले कहिले विवाह गरेनन्, यस्ता छन् कारण
एजेन्सी जेठ १४ – बलिउड नायिकालाई मनपराउने. अनेकौं हुन्छन् तर विशेष त्यस्ता व्यक्ति हुन्छन् जसलाई उनीहरुले मन पराउँछन् र आफ्नो जीवसाथी बनाउँछन् । थुप्रै मानिसहरु त्यतिबेला चर्चामा आए जब उनीहरु कोही चर्चित नायिकाका श्रीमान् बने र कोही आफ्ना कोस्टार वा अन्य फिल्मसँग जोडिएका हस्तीलाई आफ्नो जीवनसाथी चुने । यति हुँदा हुँदै पनि थुप्रै नायिका चर्चाको शिखरमा पुगेपछि पनि अविवाहित नै रहेका छन् । आउनुहोस् आज हामी तपाईंलाई यिनै चर्चित अविवाहित नायिकाबारे जानकारी लिऔं ।
१. आशा पारेखः
आशा पारेख आफ्नो समयकी सबैभन्दा चर्चित नायिका मध्येकी एक थिइन् । उनले लगभग सबै ठूला हिरोसँग काम गरेकी छिन् । आशाको विवाहको नहुनुको पछाडि उनको कडा व्यवहार बताइन्छ । हुन त फिल्म निर्माता नासिर हुसैनसँग उनको सम्बन्धबारे निकै अफवाह थियो जसलाई आशा आफैंले आत्मकथामा सत्य साबित गरिन् ।
२. नन्दाः
नन्दालाई आफ्नो समयकी सबैभन्दा सुन्दर नायिकामा गनिन्थ्यो । उनको इन्गेजमेन्ट फिल्म निर्देशक मनमोहन देसाईसँग भयो तर विवाहभन्दा पहिले देसाईको एक दुर्घटनामा मृत्यु भयो ।
३. सुरैयाः
सुरैयाले देवानन्दसँग प्रेम गरिन् तर आमाको दबाबमा उनीसँग विवाह गर्न सकिनन् । यसै कारण सुरैयाले आफ्नो जीवन एक्लै बिताइन् ।
परबीन बाबीः
परबीन आफ्नो समयकी सबैभन्दा सेक्सी नायिकामध्येमा गनिन्थिन् । उनको नाम पनि फिल्म निर्माता महेश भट्टदेखि अमिताभ बच्चनसम्म जोडियो तर उनको विवाह कसैसँग पनि हुन सकेन ।
सुलक्षण पंडितः
सुलक्षण पंडितले आफ्नो समयमा निकै ठूला नायकसँग काम गरिन् तर आफ्नो जीवन भने एक्लै गुजारिन् । उनको नायक संजीव कुमारसँग निकै प्रेम बसेकाले प्रेम पनि उनैसँग गर्न चाहेको बताइन्छ । तर संजीवले उनको विवाहको प्रस्ताव अस्विकार गरेकाले उनले कहिले पनि विवाह नगरेको बुझिन्छ ।
अनु अग्रवालः
आशिकीजस्तो ब्लकबस्टर फिल्मबाट डेब्यू गर्ने अनु अग्रवालको अनुहार एक दुर्घटनामा बिग्रियो त्यसपछि उनी सबैबाट टाढा भइन् । उनले अहिलेसम्म पनि विवाह गरेकी छैनन् ।
सुष्मिता सेनः
विश्व सुन्दरी सुष्मिता सेनले चर्चित नायकसँग काम गरिसकेकी छिन् । उनले दुई छोरीलाई धर्मपुत्री बनाएर एक्ली आमाको मातृत्व सुख उठाएकी छिन् तर विवाह भने गरेकी छैनन् ।
तब्बूः
एक समयकी निकै क्षमतावान् नायिका तब्बूको नाम फिल्म निर्माता साजिद नाडियाडवालासँग जोडिएपछि उनको ब्रेकअप भयो । त्यसपछि उनको नाम साउथका नायक नागार्जुनसँग पनि जोडियो तर अहिलेसम्म तब्बू एक्ली छिन् ।
नग्माः
नग्माको क्रिकेटर्ससँग नाम जोडिने गर्दछ । नग्माको लिंकअप कुनैबेला भारतका सफल पूर्व कप्तान सौरव गांगुलीसँग भएको थियो । अहिले कांग्रेस नेता बनिसकेकी नग्मा आज पनि अविवाहित छिन् ।
अमिषा पटेलः
सुपरहिट फिल्म ‘कहो ना प्यार हे’बाट डेब्यू गरेपछि गदरजस्तो चर्चित फिल्मको हिस्सा बन्ने अमिषा पटेलले लामो समयसम्म फिल्म निर्माता विक्रम भट्टसँग सम्बन्धमा रहेर बिताइन् । अब दुबै अलग्गिसकेका छन् । अमिषा अहिले पनि अविवाहित नै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण