शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डोल्पामा लैङ्गिकमैत्री शौचालय निर्माणमा जोड

आइतबार, १४ जेठ २०७४, ११ : ००
आइतबार, १४ जेठ २०७४
डोल्पा, जेठ १४ –र्दुगम जिल्ला डोल्पाका सम्पुर्ण सरकारी तथा गैह्रसरकारी कार्यालयहरुमा लैङ्गिक मैत्री शौचालय निर्माणमा जोड दिईएको छ । पत्रकार महासघं डोल्पा तथा जिल्ला स्थित गैह्र सरकारी संस्थाहरुद्धारा आयोजना गरिएको कार्यक्रममा जिल्लास्थित सम्पुर्ण सरकारी तथा गैह्र सरकारी कार्यालयहरुमा अनिवार्य रुपमा लैङ्गिकमैत्री शौचालय निर्माणगर्नका लागि अनुरोध गरिएको हो । कार्यक्रममा गैससका सामाजिक अभियान्ताको अनुरोधपछि सहभागि सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुखहरुले यो अभियान देशव्यापी भएकाले समान अधिकारको सुनिश्चित गर्न आआफन कार्यालयहरुमा लैङ्गिक मैत्री शौचालय निर्माणका लागि पहल गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले महिनावारी स्वच्छता व्यबस्थापनमा डोल्पाको धार्मिक परम्परानै बाधक भएकाले यसलाई तोडेर अगाडी बड्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप