शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चेल्सीलाई स्तब्ध बनाउँदै आर्सनललाई किर्तिमानी १३ औँ एफएकप

आइतबार, १४ जेठ २०७४, ११ : ३६
आइतबार, १४ जेठ २०७४

लण्डन, जेठ १४ – १० खेलाडीमा सिमित चेल्सीलाई रोमाञ्चक खेलमा पराजित गर्दै आर्सनलले एफए कपको उपाधिमा कब्जा जमाएको छ ।

वेम्बली स्टेडियममा २–१ गोलको जीत निकाल्दै आर्सन वेंगरले किर्तिमानी सातौँ एफएकपको उपाधि उचालेका हुन् । योसँगै उनी प्रतियोगिताको सबैभन्दा सफल प्रशिक्षक बनेका छन् ।

खेलको चौँथो मिनेटमा नै विवादास्पद गोलको मद्दतले एलेक्सिस सान्चेजले आर्सनलाई अग्रता दिलाएका थिए ।

एसिस्टेन्ट रेफ्रीले आरोन रामशेलाई अफसाइड देखाएपनि रेफ्री एन्थोनी टेलरले खेल अगाडि बढाएका थिए । गोल गर्ने क्रममा सान्चेजले हातले बल छोएको पनि चेल्सीका खेलाडीहरुको दाबी थियो ।

खेलको दोस्रो हाफमा भिक्टर मोजेज दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी थप समस्यामा परेको थियो ।

तर, डिएगो कोस्टाले खेलको ७६ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । यद्यपि, यो लामो समय टिक्न सकेन ।

केही मिनेटको अन्तरालमा रामशेले निर्णायक गोल गर्दै क्लबका लागि किर्तिमान १३ औँ उपाधि दिलाए ।

एउटै सिजनमा आर्सनलले चेल्सीलाई दुई पटक हराएको सन् २००३–०४ सिजन पछि पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप