शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मेस्सीको प्रेरणामा बार्सिलोनालाई लगातार तेस्रोपटक कोपा डेल रेको उपाधि

आइतबार, १४ जेठ २०७४, ११ : ४६
आइतबार, १४ जेठ २०७४

बार्सिलोना, जेठ १४ – लियोनेल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई हराउँदै लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको छ ।

योसँगै प्रशिक्षक लुइस एनरिकेले कप उपाधि जितेर विदा भएका छन् । तीन वर्ष क्याटालान क्लबको नेतृत्व सम्हालेका एनरिकेको यो अन्तिम हो ।

निकै रोमाञ्चक बनेको पहिलो हाफको खेलमा मेस्सीले खेलको ३० औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिजन उनको यो ५४ औँ गोल हो ।

तर, त्यसको केही मिनेटमा नै थियो हर्नान्डेजले फ्रिकिक मार्फत गोल गर्दै खेल बाराबरीमा ल्याए ।

पहिलो हाफ सकिन लाग्दा नेयमारले खेल बराबरी ल्याए । यसअघिका दुवै फाइनलमा नेयमार गोल गरेका छन् । सन् २०१५ मा एथ्लेटिक बिलबाओ र सन् २०१६ मा सेभियाविरुद्ध नेयमारले गोल गरेका थिए ।

त्यसलगत्तै इन्जुरी समयमा मेस्सीले पाको अल्कासेरलाई गोलको अवसर सृजना गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्साले खेल ३–१ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप