विद्यासुन्दर काठमाडौंको मेयर, हारेर पनि रञ्जु दर्शनाको चर्चा (फोटो/भिडियो)
आइतबार, १४ जेठ २०७४, १२ : १०
काठमाडौं, जेठ १४–काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुुन्दर शाक्य विजयी भएका छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्की बिजय भइन् ।
काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी भएका एमालेका शाक्यल ६४ हजार ९ सय १३ मत पाए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गरे ।
भिडियो
शाक्यले जोशीको भन्दा १९ हजार ६ सय ४४ मत बढी पाएका छन् । मेयरकी प्रतिष्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शना २३ हजार ४ सय ३९ मतका साथ तेश्रो स्थानमा रहिन् । २१ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा लडेकी उनी पराजित भएपनि प्रशंसा बटुल्न सफल भइन् ।
यसैबीच उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ९८ हजार ९सय ५२ मतका साथ बिजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत प्राप्त पारे । नेपाली कांग्रेसकी उपमेयर खड्गी र श्रेष्ठको मतान्तर ६४ हजार ९८ रहेको छ ।
बिजयी मेयर र उपमेयरका उम्मेदवारहरुले काठमाण्डौ महानगरपालिकालाई स्वच्छ सफा बनाउने प्रतिवद्धता जनाएका छन् ।
मतपरिणाम घोषणा संगै विजयी उम्मेदवारहरुका समर्थकले बाजा गाजा सहित नगरपरिक्रमा गरेका थिए ।
स्थानीय तह निर्वाचन अन्र्तगत पहिलो चरणमा बैशाख ३१ गते भएको मतदानको परिणाम झण्डै २ साता पछि मात्रै सकिएको हो । काठमाण्डौ महानगरपालिकाको कुल खसेको १ लाख ९७ हजार २ सय २७ मत मध्ये ६ हजार १ सय ८३ मत बदर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण