शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौं हारेपनि साझा पार्टी उत्साहित ! (विज्ञप्तिसहित)

आइतबार, १४ जेठ २०७४, १२ : २९
आइतबार, १४ जेठ २०७४
काठमाडौ, जेठ १४ –साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर पदका लागि उमेदवारी दिएका किशोर थापा र निरुपमा यादवले आफूलाई मत दिने मतदाताहरुलाई धन्यवाद दिएका छन् । काठमाडौ महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको केही घण्टापछि पार्टी प्रवक्ता सुर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माणको प्रक्रिया सुरु गरेको ६ हप्तामैं र कहीँ कतै सङ्गठन निर्माण नै नभई उमेदवारी दिँदा पनि कडा प्रतिश्पर्धामाझ तेस्रो र चौथो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिएको तथ्यको स्पष्ट सङ्केत गरेको उल्लेख गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका रूपमा निर्वाचित भएका नेकपा एमालेका विद्याशुन्दर शाक्य तथा नेपाली कांग्रसकी हरीप्रभा खड्गीलाई बधाई तथा शुभकामना दिदै निर्वाचित मेयर तथा उपमेयरको नेतृत्वमा देशको राजधानी शहरको सपना पुरा होस् भन्ने साझाले कामना गरेको छ । जारी विज्ञप्तिमा साझा पार्टीले भनेको छ – ‘६ हप्तामा ६ दशकदेखि जरा गाडेका पार्टीहरूसँग चुनावी प्रतिस्पर्धामा उत्रनु सहज छैन भन्ने कुरामा हामी पूर्णरुपले अवगत थियौं । तर सक्षमतालाई प्रवद्र्धन गर्दै इमानदारीपूर्वक प्रयास गर्ने हो भने सुसंस्कृत राजनीतिको जग हाल्न सकिन्छ भन्ने पनि हामीलाई विश्वास थियो । त्यो विश्वासलाई मतदाताहरूले पुष्टी गरिदिएका छन् र मतदाताको विश्वासले भविष्यमा मुर्त रूप लिनेमा हामी ढुक्क छौं ।’ प्रेस विज्ञप्ति साझा पार्टीको समर्थनमा काठमाडौं महानगरपालिकामा उपमेयर र मेयर पदका लागि उमेदवारी दिएका क्रमश: निरूपमा यादव र किशोर थापालाई विश्वास गर्ने मतदाताहरूलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। पार्टी निर्माणको प्रक्रिया सुरु गरेको ६ हप्तामैं र कहीँ कतै सङ्गठन निर्माण नै नभई उमेदवारी दिँदा पनि कडा प्रतिश्पर्धामाझ दुवै उमेदवार क्रमश: तेस्रो र चौथो स्थानमा आउनु भनेको मतदाताहरूले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिएको तथ्यको स्पष्ट सङ्केत हो। काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका रूपमा निर्वाचित हुनुभएका नेकपा एमालेका विद्याशुन्दर शाक्य तथा नेपाली कांग्रसकी हरीप्रभा खड्गीलाई हामी बधाई तथा शुभकामना दिन चाहन्छौँ। तपाईँहरूको नेतृत्वमा देशको राजधानी शहरको सपना पुरा होस् भन्ने हाम्रो कामना छ। यस अभियानमा तपाईँहरूलाई हाम्रो तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न हामी तयार छौँ। गर्भमा रहेको ६ हप्तामात्र भएको पार्टीलाई ६ दशकदेखि जरा गाडेका पार्टीहरूसंग चुनावि प्रतिस्पर्धामा उत्रनु सहज छैन भन्ने कुरामा हामी पूर्णरुपले अवगत थियौं। तर सक्षमतालाई प्रवर्धन गर्दै इमानदारीपूर्वक प्रयास गर्ने हो भने सुसंस्कृत राजनीतिको जग हाल्न सकिन्छ भन्ने पनि हामीलाई विश्वास थियो। त्यो विश्वासलाई मतदाताहरूले पुष्टी गरिदिएका छन् र मतदाताको विश्वासले भविष्यमा मुर्त रूप लिनेमा हामी ढुक्क छौं। साझा पार्टी सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी, निर्वाचन आयोग तथा निरूपमा यादव र किशोर थापा अनि साझा पार्टीकै समर्थनमा ललितपुरबाट उमेदवारी दिएर त्यहाँ पनि क्रमश: दोस्रो र तेस्रो स्थानमा आएका शोभा शाक्य र रमेश महर्जनप्रति हार्दिक आभार प्रकट गर्दछ। यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। डा सुर्यराज आचार्य प्रवक्ता, साझा पार्टी केन्द्रीय कार्यालय, ललितपुर मिति: १४ जेठ २०७४

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप