आर्थिक सर्वेक्षण पेस हुँदै
काठमाडौँ, जेठ १४– व्यवस्थापिका– संसद्को आजको बैठकमा सरकारले आव २०७३÷७४ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै गत आवमा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ । “प्रधानमन्त्रीज्यूले नेपाल सरकारको नीति तथा कार्यक्रममा सदनमा उठेका जिज्ञासाको जवाफ दिएपछि आजै अर्थमन्त्री महराले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा सदनमा टेबल गर्ने कार्यक्रम छ,” अर्थ मन्त्रालय, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख लक्ष्मण अर्यालले बताए ।
गत आवमा मुलुकको अर्थतन्त्रमा भएका प्रगति, समष्टिगत आर्थिक परिसूचक, देशको समग्र आर्थिक स्थिति, सार्वजनिक वित्त, शिक्षा, स्वास्थ्यलगायत विकास–निर्माणमा प्राप्त उपलब्धि, अर्थतन्त्रका चुनौती, मूल्य तथा आपूर्ति समेटिएको आर्थिक सर्वेक्षण बर्सेनि बजेट पेस गर्नुअघि सार्वजनिक गर्ने प्रचलन छ । नेपालको संविधानले जेठ १५ गते वार्षिक आयव्ययको विवरण (बजेट) सदनमा पेस गर्नुपर्ने व्यवस्था गरेअनुरुप सोमबार प्रस्तुत हुने वार्षिक बजेटको अघिल्लो दिन आज उक्त सर्वेक्षण प्रस्तुत हुन लागेको हो ।
सर्वेक्षणले अर्थतन्त्रमा बाह्य क्षेत्रको योगदान, गरिबी निवारण र रोजगारीका अवसरको सिर्जना, उद्योग, यातायात तथा सञ्चार, सुशासन, सार्वजनिक संस्थान, भूकम्पपछिको पुनःनिर्माण तथा भौतिक पूर्वाधार निर्माणजस्ता विषयलाई मिहीन रुपमा प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण