निर्वाचनका लागि नेपाली सेना
गौशाला, जेठ १४- आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा नेपाली सेना खटाइएको छ ।
यही जेठ ३१ गते हुने निर्वाचनलाई लक्ष्य गर्दै महोत्तरीका पाँच स्थानमा नेपाली सेनाको शिविर स्थापना गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख एवम् प्रजिअ वीरेन्द्र यादवले बताए ।
उनका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट रैफल गणबाट नेपाली सेनाका पाँच टुकडीलाई जिल्लाको प्रत्येक क्षेत्र समेट्ने गरी खोपी, खुट्टा, साँढा, पिपरा गाउँ र गौशाला नगरपालिकामा शिविर स्थापना गरेर निर्वाचनमा विशेष सुरक्षाको जिम्मेवारी दिँदै खटाइएको हो ।
फस्ट रैफल गण जलेश्वरबाट खोपी गाउँमा एक सय १०, खुट्टा गाउँमा एक सय १०, गौशाला नगरपालिकामा एक सय १०, साँढा गाउँमा ९६ र गणले जलेश्वरबाटै हेर्ने गरी पिपरा गाउँमा एक सय १० जना नेपाली सैनिकलाई खटाइएको गणपति कृष्ण खड्का क्षेत्रीले बताए ।
महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका क्षेत्रभित्र पर्ने प्रत्येक मतदान केन्द्रमा सेनाले सुरक्षाका साथ निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रअिज यादवले बताए । उनका अनुसार निर्वाचन अवधिभर नेपाली सेना जिल्लाको प्रत्येक गाउँ ठाउँमा खट्ने तथा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भइसकेपछि मात्र गणमा फर्कने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण