शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

आइतबार, १४ जेठ २०७४, १२ : ५३
आइतबार, १४ जेठ २०७४

दाङ, जेठ १४-जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ ।

थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु-याउनै मुस्किल भएको ‘स्वर्गद्वारी एग्रो नेपाल’ प्राली तुलसीपुर शाखाका प्राविधिक माधव केसीले जानकारी दिए ।

हेर्दा आकर्षक सानो बोट र एक वर्षमै उत्पादनलिन सकिने जिनाइन केरा प्रतिबिरुवा ५० रुपैयाँमा कृषकलाई बिक्री गदै आएको केसीले बताए । दाङको लमही र बर्दियामा कल्चर गरिएका बिरुवा यहाँको नोबेल कृषि फर्मले कृषकको आवश्कता अनुसारपूर्ति गर्दै आएको छ ।

‘जिनाइन केराको माग अत्यधिक छ, –नोबेल कृषि फर्मका सञ्चालक रुद्रमणि लम्सालले भने । अन्य परम्परागत केरा फल्न दुई वर्ष लाग्ने र थोरै कोसा हाल्ने भएका कारण पनि यो जातको केराको माग बढेको जिल्ला कृषि विकाश कार्यालयका बालीविकास अधिकृत धनराज गौतमले बताए।

उनका अनुसार यो केरा एकै वर्षमा उत्पादन लिन सकिने र प्रति बोट करिब दुई सयदेखि २५० सम्म दाना दिने गर्छ ।

जिल्ला कृषि विकास कार्यालयले आयात प्रतिस्थापनका लागि यसवर्ष करिब १० हजार बिरुवा एक हजार ६०० हेक्टरमा लगाउने योजना रहेको अधिकृत गौतमले बताए।

सो कार्यालयले केराखेती गर्न चाहने किसानलाई ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गर्न लागेको छ जसमा किसानको ५० र कृषि विकास कार्यालयको ५० प्रतिशत लगानी रहने अधिकृत गौतमले जानकरी दिए । हाल दाङमा व्यावसायिक केरा उत्पादन नहुँदा भारत र अन्य जिल्लाबाट दैनिक तुलसीपुर, घोराही र लमहीमा तीन÷तीन ट्रक केरा आयात हुँदै आएको छ ।

‘‘जिल्लामा यतिनै केरा आयात हुन्छ, भन्नसक्ने अवस्था छैन तर सरदर दैनिक तीन÷तीन गाडी केरा बजारमा पुग्छ । जिनाइन केराको बिरुवा पाँच फिटको हुने र राम्रो उत्पादन हुने भएपछि किसानको रोजाइँमा परेकाले आफूले पनि सोही बिरुवा बिरुवा लिन लागेको हुँ’’– स्थानीय किसान कलिमान खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप