बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास
आइतबार, १४ जेठ २०७४, १२ : ५९
काठमाडौँ, जेठ १४– व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ ।
बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थामा देखाएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै सांसद गिरीले संविधान संशोधनका लागि प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जानुपर्ने विचार व्यक्त गरे।
प्रजातन्त्रमा सबैलाई समेट्न सके मात्र व्यवस्था दिगो हुने उल्लेख गर्दै उनले मधेस समस्या समाधानका लागि नीति कार्यक्रममा संविधानको दायरा झन् फराकिलो गर्ने कुरा सकारात्मक रहेकाे बताए ।
नेकपा (एमाले) का रेवतीरमण भण्डारीले नीति तथा कार्यक्रमले चालु आवका कार्यक्रमलाई नै निरन्तरता दिएको उल्लेख गर्र्दै यसले वर्तमान अवस्थामा मुलुकमा सबैलाई एक ढिक्का बनाएको र कोही पनि पक्ष विपक्ष नभएको बताए ।
सरकारले विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिमा प्राप्त गरेको सफलता सकारात्मक भएको उल्लेख गर्दै उहाँले नीति तथा कार्यक्रममा जनतामा विश्वास जगाउने कुरा आएको बताए ।
नेकपा(माओवादी केन्द्र)की रेखा शर्माले स्थानीय तहको निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँनगरसम्म पु¥याउने कार्य प्रशंसायोग्य भएको उल्लेख गर्दै आर्थिक वृद्धिदर र उज्यालो नेपाल स्वागतयोग्य रहेको बताइन् ।
राप्रपाका परशुराम तामाङले नीति कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकताका साथ समेट्नु स्वागतयोग्य हो भन्दै बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास व्यक्त गरे ।
सङ्घीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपालीले कृषिको आधुनिकीकरण तथा सबै प्रदेशमा मुटु अस्पताल बनाउने लगायत जनहितकारी योजना नीति कार्यक्रममा समेटिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण