ट्राफिक इन्सपेक्टरको सेटमा आफ्नै छोरा दुर्घटनामा परेको खबर आएपछि...
राजेश भण्डारी
काठमाडौं, जेठ १४–बिहान दिनमा ढल्दै थियो । राजधानीका मान्छेहरुको अफिसियल दैनिकी शुरु भैसकेको थियो । महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोका इन्चार्ज सीताराम हाछेथुले घडी नियाले,–८ बजेर ४० मिनेट गएको थियो । ठिक त्यतिनै बेला उनको सञ्चार सेट बज्यो, ‘बालकुमारी पुलमा एउटा मोटरसाईकल दुर्घटना भएको छ !’
२७ बर्षदेखि हर बिहान दुर्घटनाको सन्देश सुन्दै आएका हाछेथुले तत्काल बालकुमारीमा खटिएका ट्राफिक प्रहरीलाई सेटबाट सम्पर्क गरेर भने, ‘दुर्घटनामा पर्नेको नाम ठेगाना सोधेर, हस्पिटल लानु ।’
तत्काल उताबाट सेट बज्यो, ‘दुर्घटनामा पर्ने केटाको नाम शिरीष हाछेथु, घर भक्तपुर भनेको छ सर् ।’ ईन्सपेक्टर हाछथुको होस–हवास उड्यो । भर्खर ईन्जिनीयरिङ्ग पेशामा लागेका शिरीष उनै सीतारामका छोरा थिए । सातदोबाटो चोकमा ड्युटीमा रहेका सीताराम तत्काल बालकुमारी पुलमा पुगे, छोरो सडकमा पल्टिएको थियो । घटना गत जेठ ५ गतेको हो, उनले छोरालाई उठाएर तत्काल धापाखेल स्थित सुमेरु अस्पतालमा भर्ना गराए ।
‘दायाँ हात फ्याक्चर भएछ, अप्रेशन गरियो’ ईन्सपेक्टर हाछेथुले भने, ‘कोटेश्वर–कलंकी सड्क खण्डमा खाल्डाखुल्डी मात्रै छैन, जथाभावी गिट्टी थुपारेका कारण दुर्घटना दैनिक बढेको छ ।’
शिरिष पाँच दिनको अस्पताल बसाईपछि हाल डिस्चार्ज भैसकेका छन् । आफू भन्दा अगाडी दौडिरहेको एउटा टाटा मोवाईलले खाल्डो छल्न खोजेपछि शिरीषले ब्रेक हान्न खोजे तर गिट्टीमा चिप्लिएर उनी दुर्घटनामा परे । शिरीषको हात पुर्ण रुपमा अझै ठिक भैसकेको छैन । चालकको लापरबाही, सडकको अवस्था र जथाभावी बाटो काट्दा दैनिक धेरै परिवारले यस्तो दुःख झेल्न बाध्य भएको बताउँछन् इन्सपेक्टर हाछेथु । चीन सरकारको सहयोगमा निर्माणाधिन कोटेश्वर–कलंकी सडक खण्डमा आजभोली दैनिक २० प्रतिशत दुर्घटना बढेको छ । दुर्घटना बढ्नुमा खाल्डाखुल्डी र जतासुकै थुपारिएको गिट्टी नै मुख्य कारण भएको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण