शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विप्लवका कार्यकर्ता पक्राउ

आइतबार, १४ जेठ २०७४, १३ : २६
आइतबार, १४ जेठ २०७४
इलाम, जेठ १४– निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरीले माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप