सरकारी सिमेण्ट उद्योगले गति लिन थालेको दावी
आइतबार, १४ जेठ २०७४, १३ : २७
काठमाडौ, जेठ १४ –सरकारी स्वामित्वमा रहेका सिमेण्ट उद्योगहरुले गति लिन थालेका छन् ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले मन्त्रालयको कार्यभार सम्हाले लगत्तै बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरुलाई पुन संचालन गर्ने प्रतिवद्धता जनाए अनुसार नै सरकारी स्वामित्वका दुई सिमेण्ट उद्योगहरुले उत्पादन सुरु गरेका हुन् ।
मन्त्रालयले उद्योग पुर्ननिर्माणमा पहल गरेपछि हेटौडा सिमेन्ट उद्योगले उत्पादन क्षमतामा समेत विस्तार गरेको छ । उदयपुर सिमेण्ट उद्योगले त नाफा नै कमाईसकेको छ । हेटौडा उद्योग कम्पनीले आफ्नो क्षमता बृद्धि गर्दै चालू आर्थिक वर्षमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक बर्षमा वार्षिक ४५ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गरेको कम्पनीले आगामी आर्थिक बर्षमा ४ गुणाले उत्पादन बृद्धि गर्ने लक्ष्य लिएको हो ।
सरकारी उद्योग कमजोर हुन्छन् भन्ने मान्यतालाई गलत सावित गर्दै उद्योगलाई सफल र उदाहरणीय बनाउने लक्ष उद्योगले लिएको हेटौडा सिमेन्ट उद्योगका महाप्रवन्धक प्रेम शंकर सिंहले बताए ।
कम्पनीले स्थापनाको ३३ बर्षमा पहिलोपटक आफ्नो क्षमताको शत प्रतिशत उपयोग गरेको छ । उद्योगले चालू आर्थिक बर्षमामा २३ करोड नाफा गरेर घाटा रकमलाई ६० करोडमा झार्ने लक्ष्य लिएको छ ।
त्यसैगरी २०४४ सालमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योगले पुनसंचालन पछिको १० महिनामा १७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जनाइएको छ । बर्षभरिमा २५ करोड रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य कम्पनीले लिएको छ । उद्योग नाफामा गएपनि नियमित विद्युत् आपुर्तिमा देखिएको गडबडीका कारण चैत महिनामा मात्रै झण्डै ३ करोड घाटा व्यहोर्नु परेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए ।
उद्योगले चालु आर्थिक बर्षको १० महिनामा ८५ हजार मेट्रिक टन क्लिंकर तथा सिमेन्ट उत्पादन गरेको छ । त्यस्तै आगामी आर्थिक बर्षमा १ लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादनको लक्ष्य उद्योगको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण