शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मिस नेवासँग रमाए बौद्धिक अपांगता भएका बालबालिका

आइतबार, १४ जेठ २०७४, १३ : २८
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४ – मिस नेवा : ११३७ इशु श्रेष्ठ र उनका साथीहरुले बामुहारमा मुस्कान ल्याए । स्पेशल ओलम्पिक नेपालले शनिबार राजधानीमा आयोजना गरेको पहिलो गाला इभेन्टमा बौद्धिक अपाँगता भएका बालबालिकहरुले मिस नेवासँग रम्ने र खुसी हुने अवसर पाए । मिस नेवा इशु श्रेष्ठले मिस नेवाकै सोसियल एम्बेस्डर कृजना डँगोल र किड क्विन नेपाल–२०१७ की सोसियल एम्बेस्डर सजना खड्कासँग मिलेर बौद्धिक अपाँगता भएका बालबालिकालाई स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गरेका थिए । स्पेशल ओलम्पिक नेपालका सल्लाहकार पूर्व मन्त्री एवं काँग्रेस नेता प्रकाशमान सिंहले प्रमुख अतिथिका रुपमा सो स्टेशनरी र खेलकुदका सामग्रीहरु बौद्धिक अपाँगता भएका बालबालिकालाई प्रदान गरेका हुन् । सामग्री हस्तान्तरण पछि बौद्धिक अपाँगता भएका विधार्थीहरुले मिस नेवा इशु लगायत गायक निर्णय श्रेष्ठ तथा अन्य सेलिब्रेटीसँग रम्ने अबसर पाए । उनीहरुले चित्रकला तथा अन्य कला सृजना गरे । कार्यक्रमको व्यबस्थापन नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले गरेकी थिईन् । कार्यक्रममा काठमाडौं उपत्यकाका तीन ओटा विशेष विधालयका एक सय १० जना बौद्धिक अपाँगता भएका बिधार्थी सहभागी थिए । – बालबालिकालाई प्रोत्साहित गर्न स्पेशल ओलम्पिक नेपाल गठन गर्नु सराहनीय कार्य भएको पूर्व मन्त्री सिंहले बताए । – स्पेशल ओलम्पिक नेपालकी अध्यक्ष शिक्षिता श्रेष्ठले अन्तराष्ट्रिय स्पेशल ओलम्पिकसँग स्पेशल ओलम्पिक नेपाल आबद्ध भएको बताईन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप