शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रम पारित

आइतबार, १४ जेठ २०७४, १३ : ५९
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४–सरकारले ल्याएको आर्थिक वर्ष २०७४–०७५ को नीति तथा कार्यक्रम पारित भएको छ । आईतबार बसेको संसद बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । विहिबार राष्ट्रपति विद्या भण्डारीले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि संक्षिप्त छलफलपछि आईतबार पारित गरिएको हो । त्यस अवसरमा सभामुख ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद व्यक्त गरेकी थिइन् । निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रम समावेश नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन गर्ने, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने, राष्ट्रिय महत्वका आयोजनालाई निरन्तरता दिने, राष्ट्रिय पुनर्निर्माण र नवनिर्माणको कामलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप