शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपालगन्जको धम्बोजी चोकमा भीषण आगलागी

आइतबार, १४ जेठ २०७४, १४ : ०१
आइतबार, १४ जेठ २०७४

बाँके, १४ जेठ । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ ।

करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पसललाई समेत क्षति पु¥याइएको छ । नजिकैको होटलमा मान्छे रहेको आशङ्कामा प्रहरी उद्धारमा जाँदा एक प्रहरी घाइते भएका छन् ।

घाइते भएका तालिम केन्द्रका प्रहरी निराजन विकको नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ । आगो विद्युत् सर्ट भएर लागेको आशङ्का गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप