राजपालाई ओलीको सुझाव : निहुँ मात्र नखोजौँ निर्वाचनमा आएर जनताको मन जितौँ
पोखरा, १४ जेठ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निर्धारित समयभित्र दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म राष्ट्रिय समहतिको विकल्प नभएको बताए । “स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ, दोस्रो चरणको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु वर्तमानको आवश्यकता हो” पूर्वप्रधानमन्त्री ओलीले भने “कुनै पनि बहानामा निर्वाचन रोकिन हुँदैन ।”
निर्वाचनका बीचमा एमालेका विरुद्ध आएको स्थानीय तह थप प्रस्ताव सर्वोच्च अदातलबाट अस्वीकार गरिएको बताउँदै उनले राष्ट्रिय जनता पार्टीलाई निहुँ मात्र खोज्नुभन्दा निर्वाचनमा आएर जनताको मन जित्न आग्रह गरे ।
लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनका लागि जनमत सिर्जना गर्न पत्रकारलाई आग्रह गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण