यी बलिउड नायिका भइसके ३० पार, तरपनि भेटेका छैनन् मनले खाएको यार
एजेन्सी जेठ १४ – बलिउडलगायत साउथ सिनेमाका थुप्रै नायिका ३० वर्ष पार गरिसकेका छन् तर पनि उनीहरु एक्लो जीवन नै बाँचिरहेका छन् । आज हामी तपाईंलाई त्यस्तै नायिकाबारे जानकारी दिँदै छौं ।
१. प्रियंका चोपडाः
बलिउडकी डिभा प्रियंका चोपडा जुलाईमा ३४ वर्ष पुग्नेछिन् । प्रियंका चोपडाको करियरले आजकाल उचाइमा छ । उनको नाम थुप्रै चर्चित बलिउड स्टार्ससँग जोडियो तर उनको भने कोहीसँग पनि कुरा मिलेको छैन । आजकाल प्रियंका हलिउडमा व्यक्त छिन् ।
२. त्रिशाः
साउथ इन्डियाकी नायिका त्रिशा मे मा ३४ वर्ष पुगेकी छिन् । अहिलेसम्म त्रिशाले कसैलाई पनि आफ्नो जीवनसाथी बनाएकी छैनन् । त्रिशाले साउथका थुप्रै सुपरहिट फिल्ममा काम गरेकी छिन् । उनले अक्षय कुमारसँग बलिउड फिल्ममा पनि काम गरिन् । त्रिशा धेरैजसो राणा डुगुबातीसँग देखिन्छिन् ।
३. अनुष्का शेट्टीः
फिल्म बाहुबलीमा देवसेनाको भूमिका निभाउने अनुष्का शेट्टी ३५ वर्ष पुगिसकेकी छिन् । उनका थुप्रै हाइप्रोफाइल कोस्टार्ससँग नाम जोडिसकेको छ । खबरलाई मान्ने हो भने अनुष्काको परिवार उनका लागि उचित वरको खोजीमा छन् ।
४. नयनताराः
फिल्म डोराकी नायिका नयनतार नोभेम्बरमा ३३ वर्षको हुनेछिन् र उनी विवाह बन्धनमा बाँधिन नचाहेको बताउँछिन् । एक अन्तर्वार्ताको क्रममा नयनताराले उनलाई प्रेमसँग घृणा भएको बताएकी थिइन् । उनले आफू विवाह गर्न नचाहेको पनि स्पष्ट पारेकी थिइन् । नयनतारा प्रभुदेवासँगको सम्बन्धका कारण चर्चामा थिइन् ।
५. नेहा धुपियाः
बलिउडकी डिभा नेहा धुपिया ३६ वसन्तमा टेक्न लागेकी छिन् । नेहाको नाम थुप्रै कोस्टार्ससँग जोडिइसकेको छ । नेहाले एक अन्तर्वार्ताको क्रममा आफूले थुप्रै पटक प्रेम पाइसकेको बताएकी थिइन् । नेहा स्क्वाश प्लेयर रित्वक भट्टाचार्यसँगको सम्बन्धमा छिन् । केहि समय अघि उनले क्रिकेटर युवराज सिंहलाई डेट गरिरहेको खबर छाएको थियो ।
६. राइमा सेनः
बंगाली ब्यूटी राइमा सेन ३६ वर्ष हुदैछिन् । राइमा ओडिसाका एक नेता किलकेश सिंह देवसँग सम्बन्धमा थिइन् । राइमालाई विश्वास गर्ने हो भने उनीहरु टाढा भएकाले सम्बन्धमा दरार आएको हो ।
७. तब्बूः
बलिउडमा यदि सिंगल वूमनको कुरा हुन्छ तब तब्बूको नाम आउँछ । तब्बू ४५ वर्ष पुगिसकिन् । तब्बूको साउथ स्टार नागार्जुनसँग लामो समयसम्म अफेयर चल्यो तर उक्त सम्बन्ध विवाहमा परिणत हुन सकेन ।
८. अमिषा पटेलः
बलिउडमा फिल्म कहो ना प्यार हे बाट धमाकेदार इन्ट्रि गर्ने अमिषा पटेलले नायिकाको रुपमा केही मात्र चलचित्रमा काम गरेपछि निमातृ बनिन् । उनको नाम बलिउडको सबैभन्दा धनी अभिनेत्रीमा गनिन्छ । अमिषा विक्रम भट्टसँग लामो समयसम्म सम्बन्धमा रहिन् ।
९. सुष्मिता सेनः
बलिउड डिभा र पूर्व मिस युनिभर्स सुष्मिता सेन ४१ वर्षकी हुन् र उनी सिंगल छिन् । सुष्मिताको थुप्रै हाइप्रोफाइल स्टार्ससँग नाम जोडियो तर कुनै पनि सम्बन्धले विवाहको रुप लिएनन् । उनले दुई छोरीलाई धर्मपुत्री बनाएकी छिन् ।
१०. श्रेया शरनः
बलिउड, साउथ र अंग्रेजी फिल्ममा आफ्नो अभिनयको जादु चलाइसकेकी नायिका श्रेया शरन ३४ वर्ष पुगेकी छिन् । उनले थुप्रैसँग डेट गरेपनि विवाहयोग्य पुरुषको खोजीमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण