शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गोमा एयरको विमान दुर्घटना : सहचालकको पनि मृत्यु, घाइते एयर होस्टेजलाई काठमाडौं ल्याइयो

आइतबार, १४ जेठ २०७४, १४ : ४४
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– शनिबार सोलेखुम्बुमा शनिबार भएको गोमा एयरलाइन्सको विमान दुर्घटनामा मृतकको ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । गएराति सहचालक सुजन मानन्धरको मृत्यु भएको हो । यसअघि शनिबारै चालक पारस राइको मृत्यु भएको थियो । नाइन एनकेए कल साइन भएको विमान शनिबार लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो । काठमाडौंबाट लुक्लाका लागि कार्गो लिएर उडेको विमान अवतरण गर्ने क्रममा धावनमार्ग नपुग्दै डिलमा रहेको सल्लाको रूखमा ठोक्किएर धावनमार्गको तारजाली नजिकैबाट १० मिटर जति तल खसेको थियो । चलक राईको लुक्लास्थित पासाङल्हामु अस्पतालमा लगिएको केहि घण्टामै मृत्यु भएको हो भने मानन्धरको उपचारको क्रममा राति ९ बजेर २५ मिनेटमा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घाइते  एयर होस्टेज प्रज्ञा महर्जनलाई भने उपचारको लागि आइतबार बिहान हेलिकप्टरमार्फत ग्रान्डी अस्पताल राजधानी ल्याइएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप