शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नवनिर्वाचित उपप्रमुख खड्गी भन्छिन्, ‘मैले प्रमुख पदको उम्मेदवार नै मागेको थिएँ’

आइतबार, १४ जेठ २०७४, १४ : ५४
आइतबार, १४ जेठ २०७४

अच्युत रेग्मी

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख हरिप्रभा खड्गीले आफूले आफ्नो कार्यकालमा महानगरपालिकाका महिलाको सशक्तीकरणका लागि काम गर्ने बताएकी छिन् ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठलाई झन्डै २४ हजार मत अन्तरले पराजित गर्दे नेपाली काँग्रेसबाट उपप्रमुख बनेकी खड्गीले आफ्नो पाँचवर्षीय कार्यकालमा महिलालाई निर्णायक तहमा पु¥याउन लाग्ने दृढता व्यक्त गरे ।

राजनीतिमा तीन दशकदेखि क्रियाशील खड्गी विस २०२४ वैशाख १८ गते कामपा–२८ मा जन्मिएका हुन् । विसं २०४२ मा पार्टी प्रतिबन्धित भएका अवस्थामा नेपाल ल क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घमार्फत आफ्नो राजनीति सुरु गरेका थिए ।

सुन्दर, शान्त र समृद्ध सहर निर्माण गर्ने अभियानका साथ निर्वाचनमा लागेकी खड्गी काठमाडौँको धुलो हटाउने काम आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछिन् ।

विसं २०४६ को आन्दोलनमा होमिएकी खड्गी २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा कामपा–३१ बाट अत्याधिक मतले वडाध्यक्षमा विजयी भएकी थिइन् । काँग्रेसको भगिनी संस्था नेपाल महिला सङ्घको दुई कार्यकाल केन्द्रीय सदस्य भएर सङ्गठन निर्माणको काममा देशभर गएकी खड्गीले भ्रमणका क्रममा महिलालाई स्थानीय तहको निर्वाचनमा लाग्न आग्रह गरेकी थिइन् ।

उहाँ पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी भएको मुलुकमा विपक्षी दलले उपप्रमुखको उम्मेदवार नदिएकाले आफ्नो जित सहज भएको बताउँछिन्। “मैले प्रमुख पदको उम्मेदवार मागेको थिएँ तर आफूभन्दा सिनियर राजनीतिक व्यक्ति प्रमुखका लागि लड्न पार्टीले उम्मेदवार पठाएपछि म उपप्रमुख लडेको हुँ”, खड्गीले भनिन् ।

खड्गीको काँधमा नयाँ संविधानपछिको अधिकारसम्पन्न स्थानीय निकायमध्ये मुलुकको केन्द्र भागको शक्तिशाली महानगरको उपप्रमुखको जिम्मेवारी आएको छ ।

नेपाल ल क्याम्पसमा आइएलसम्मको अध्ययन गरेकी खड्गीले पद्यमकन्या बहुमुखी क्याम्पसबाट इतिहास विषयमा स्नातक तहसम्मको अध्ययन गरेकी थिइन् । राजनीति गर्न परिवारको सहयोगसँगै पैसा आवश्यक रहने स्पष्ट गर्दै खड्गी आफ्नो परिवारबाट राजनीतिमा पूर्ण सहयोग रहेको बताउँछिन् । उनी भन्छिन्, “श्रीमान् पढेलेखेको भएकाले मलाई राजनीति गर्न सजिलो भयो, श्रीमान्ले आफ्नो पहिचान आफैँ बनाउनुपर्छ भनेका कारण म यो ठाँउसम्म आइपुगेँ ।”

राजनीतिक रुपमा अगाडि नबढेसम्म महिलाको विकास हुँदैन भन्ने मान्यतालाई अगाडि सार्नुभएकी खड्गी महानगरका महिलालाई उद्यमी बनाउन आफ्नो पहल रहने बताउँछिन् । उनले आफूलाई अमूल्य मतदान गरेर जिताएका मतदाताप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । उनले पार्टीले निर्वाचनका क्रममा अगाडि सारेका घोषणापत्रलाई प्रमुखसँग सहकार्य गरी अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन्। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप