नेपालीको प्रतिव्यक्ति आय ८ सय ६२ डलर
आइतबार, १४ जेठ २०७४, १५ : ०८
काठमाडौं, जेठ १४–नेपालीको बार्षिक प्रतिव्यक्ति आम्दानी एक वर्षको अवधीमा एक सय अमेरिकी डलर भन्दापनि वढीले वृद्धि भएको छ । सरकारले आज व्यवस्थापिका संसदमा पेश गरेको नेपालको आर्थिक सर्वेक्षण अनुसार नेपालीको आम्दानीमा उच्च वृद्धि भएको हो ।
सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले पेश गरेको सो सर्वेक्षण अनुसार यो वर्ष एक सय ५ अमेरिकी डलर अर्थात १० हजार ८ सय रुपैयाँले नेपाली को वार्षिक आम्दानी वढेको हो । यो आर्थिक वर्षमा नेपालीको वार्षिक आम्दानी प्रति व्यक्ति ८ सय ६२ अमेरिकी डलर छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी प्रति व्यक्ति ७ सय ५७ रुपैयाँ थियो । आर्थिक गतिविधीमा तिव्र रुपमा वृद्धि हुदै गएकाले पनि वार्षिक आम्दानी वढेको अर्थ मन्त्रीले जनाएका छन् ।
यस्तै, चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत रहने भएको छ । अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ० दशमलव १ प्रतिशत थियो । कृषि क्षेत्रमा ५ दशालव ३२, उद्योगमा १० दशमलव ९७ र सेवा क्षेत्रमा ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर रहेको जनाइएको छ । कुल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २९ दशमलव ३७ र गैर कृषि क्षेत्रको योगदान ७० दशकलव ६३ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण