कटारीका बैंकमा एटिएम सेवा नहुँदा सेवाग्राही मारमा
उदयपुर, १४ जेठ । उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र कटारी बजारका सरकारी तथा निजी बैंकमा अहिलेसम्म पनि बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राही मारमा परेका छन् ।
कटारी क्षेत्रमा रहेका झन्डै आधा दर्जन सरकारी तथा निजी बैंकले एटिएम सेवा सुचारु नगर्दा बैंकमा कारोबार गर्ने र रकम निकाल्ने सेवाग्राहीले कष्ट भोग्नु परेको कटारी– ७ का मञ्जु कार्कीको दुःखेसो छ ।
कटारी बजारकै एक व्यापारी केशव श्रेष्ठको पनि गुनासो उस्तै छ । श्रेष्ठ भन्छन् ,“जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र भएर पनि अझैसम्म कटारीका बैंकले एटिएम सेवा उपलब्ध गराउन नसक्दा सेवाग्राहीले दश हजार रकम बैंकबाट लिन पनि दुई घन्टा भन्दा बढी समय लाइनमा बस्नुपर्ने बाध्यता छ ।”
अझ राष्ट्रिय वाणीज्य बैंक कटारी शखामा त रकम लिनको लागि एटिएम सेवा नहुँदा झनै धेरै समयसम्म लाइनमा बस्नुपर्ने अर्का स्थानीय व्यवसायी मोहन दाहालको गुनासो छ । अहिले कटारीमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायत एनएमबि बैंकसहित आधादर्जन अन्य बैंक छ ।
वर्षौंदेखि एटिएम मेसिन राख्न प्रयास गरे तापनि सफल नभए पनि आफूले प्रयास गर्दै आएको राष्ट्रिय वाणीज्य बैंकका कटारीका शाखाका प्रमुख उमापति बास्तोला बताउँछन् ।
यस्तै अन्य बैंकले पनि एटिएम मेसिन राख्ने प्रयास भइरहेको बताएपनि कार्यान्वयनमा बेवास्था हुँदा सामान्य रकम बैंकबाट निकाल्न पनि लाइनमा बसेर बिताउन बाध्य हुन परेको सेवा ग्राहीको गुनासो छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण