गणतन्त्र दिबसको पूर्वसन्ध्यामा सरसफाई तथा वृक्षारोपण कार्यक्रम
आइतबार, १४ जेठ २०७४, १५ : २५
बेसीशहर, जेठ १४–जिल्ला युवा समितिको कार्यालय लमजुङको आयोजना तथा वल्ड भिजन लमजुङ, ए.डि.पीको सहयोगमा ऐतिहासिक लमजुङ दरबार परिसरमा सरसफाई तथा फूल र विरुवा रोप्ने कार्यक्रम सम्पन्न्न गरिएको छ ।
गणतन्त्र दिवसको पूर्व सन्ध्यामा समाजका लागि युवाको एक दिन कार्यक्रम अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला युवा समितिका अध्यक्ष विवश वुढाथोकिले जानकारी गराए ।
राष्ट्रिय युवा परिषदले देश व्यापी रुपमा गणतन्त्र दिवसको अवसरमा कार्यक्रम गर्ने निर्देशन अनुसार उक्त कार्यक्रम ऐतिहासिक लमजुङ दरबार परिषरमा सरसफाई एवं मन्दिर प्राङगणमा खालि रहेको जग्गाको अपयोग गरि मन्दिरलाई सफा र हरभारा बनाउन उक्त कार्यक्रम ऐतिहासिक लमजुङ दरबारमै गर्नै योजना बनाईएको वुढाथोकिले बताए ।
कार्यक्रममा मन्दिर परिसरमा सरसफाई एवं फूल र विरुवाहरु रोपिएको छ । विभिन्न प्रजातिका करिब दश वोटविरुवा र १ सय १ फूलका विरुवाहरु रोपिएको छ । गुलाब, क्रिसमस प्लान्ट, इन्द्र कमल, पाम, सोस्तानी, वेगमवेली, हम्सराज, धुपी, सानो धुपी, असोका गरी विभिन्न फूलका प्रजातिहरु र चाप। लप्सी लगायताका विरुवा रोपिएको हो ।
जिल्ला युवा समितिको अध्यक्ष विवश वुढाथोकिको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा वेसीशहर नगरपालिका वडा नम्बर तिनका नवनिर्वाचित वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठ, लमजुङ दरबार हेरचाहाका कार्यालय प्रमुख लोकराज अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान संगित, दरबार वरपर रहेका युवा क्लव, आमा समूह, बाबु समूह, पत्रकार र स्थानिय बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण