जनकपुरमा युवक पेस्तोलसहित पक्राउ
आइतबार, १४ जेठ २०७४, १५ : २७
धनुषा, १४ जेठ । जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए।
सो होटेलको कोठा नं १०७ मा बसिरहेका व्यक्तिसँग हातहतियार भएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले होटेलको उक्त कोठा खानतलासी गर्दा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण