पर्सामा वैध हतियारकै कारण सुरक्षा चुनौति
अमित अग्रवाल
वीरगंज, जेठ १४–दोश्रो चरणको स्थानिय निकायको निर्वाचन नजिकिदा पर्सामा वैद्य हतियारले नै सुरक्षा चुनौति हुन सक्ने देखिएको छ । स्थानिय प्रशासनले चुनाव अवधिभरको लागि हतियार बुझाउन तीन पटक सम्म आग्रह गर्दा जम्मा ८० थान हतियार मात्र संकलन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक चक्रराज जोशिले बताए । जिल्ला प्रशासन कार्यालय पर्साको रेकर्ड अनुसार जिल्लामा विभिन्न प्रकारका ७७२ थान प्रमाणीत हतियार छन् । जसमा यसवर्ष ३७३ थान हतियार मात्रै नविकरण भएको छ भने ३९९ थान हतियार नविकरणको प्रकृयामा समेत आएका छैनन् । यस अवस्थामा ८० थान मात्रै हतियार संकलन हुनुले निर्वाचनमा हतियार दुरुपयोग हुनसक्ने भएकाले थ्रेट बढ्न सक्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे बताए । हतियार बुझाउन तेश्रो पटक सम्म सुचना जारी गरेपनि नबुझाउनेलाई कारवाहिको स्पष्ट व्यवस्था हुन नसक्दा हतियार संकलनले गति लिन नसकेको देखिन्छ । निर्वाचनको एक हप्ता अगाडि र एक हप्ता पछाडी प्रमाणीत हतियार समेत देखाउन नपाईने कानुनी व्यवस्था छ । यद्यपी सुचना प्रकाशित गर्दा पनि हतियार नबुझाएमा कस्तो कारवाहि गर्ने भन्ने कानुनी व्यवस्था पाईदैन । प्रशासनले नै दिएको हतियार हुनाले खानतलासी गरेर संकलन गर्न नमिल्ने पर्साका प्रजिअ घिमिरेको भनाई छ । जिल्लामा कति संख्यामा हतियार छन् भन्ने बारे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको रेकर्ड समेत फरक पाईएको छ । जिल्ला प्रहरी कार्यालयले ६०८ थान हतियार रहेको बताएको छ भने जिल्ला प्रशासन कार्यालयले ७७२ थान हतियार रहेको बताएको छ । वैद्य हतियारको समेत दुरुस्त रेकर्ड नुहुनु र सवै हतियार संकलन नभएको अवस्थामा खुला सिमाना रहेको पर्सामा अवैध हतियारले समेत प्रवेश पाउन सक्ने देखिन्छ । यद्यपी तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न लागिपरेको जिल्ला निर्वाचन कार्यालय पर्सा भने शान्तिपुर्ण रुपमा निर्वाचन हुनेमा आशावादी देखिएको छ । स्थानीय प्रशासनको सुरक्षा सतर्कता कारण हालसम्म मतदाता शिक्षा र मतदान स्थलमा गर्नुपर्ने काममा कुनै अवरोध नभएकाले भविष्यमा हतियारका कारण पनि कुनै समस्या नआउनेमा जिल्ला निर्वाचन कार्यालय आशावादी रहेको जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण