पुँजी बजार दोहोरो अंकले घट्यो
आइतबार, १४ जेठ २०७४, १५ : ३५
काठमाडौं, जेठ १४–नेपालको पुँजी बजार आज दोहोरो अंकले घटेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि वजेट प्रस्तुत गर्ने पूर्व सन्ध्यामा वजारमा भने गिरावट आएको छ ।
आज वजार १४ अंकले घटेको हो । यो गिरावटसँगै बवार एक हजार ६ सय १५ दशमलव ५८ अंकमा ओर्लिएको छ । एक सय ४८ कम्पनीको १४ लाख ७६ हजार ८ सय १३ कित्ता सेयर किनवेच भएको वजारमा ७५ करोड ६० लाख १७ हजार ५ सय ८८ रुपैयाँको कारोवार भएको छ ।
आज होटल र ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक घटेका छन् । आज बैकिङ समूहको सूचक १७ अंकले घटेको छ भने विकास बैंक समूहको सूचक १७ दशमलव ४ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहको सूचक २७ दशमलव ८४, फाइनान्स समूहको सूचक ७ दशमलव ३४, बीमा समूहको सूचक १३४ दशमलव ३ अंक र उत्पादनमुलक समूहको सूचक ३६ दशमलव ९३ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज होटल समूहको सूचक १३ दशमलव १५ र अन्य समूहको सूचक २५ दशमलव ७४ अंकले वढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण