ओखलढुंगामा नमुना मतदान, ६२ मध्ये ५० मत सदर
आइतबार, १४ जेठ २०७४, १६ : २०
ओखलढुंगा, जेठ १४ –जिल्लामा निर्वाचनको तयारीस्वरूप नमुना मतदान गरिएको छ । आगामी जेठ ३१ गते हुने निर्वाचनमा बदर मतको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो ।
जिल्लाको चिशंखुगढी गाउँपालिका २ पोखरेको कालिका आधारभुत बिद्यालयमा भएको नमुना मतदान कार्यक्रममा ६२ जनाले मतदान गरेका थिए । खसेका मतमध्ये ३ वटा पुर्ण र ९ वटा आशिंक रुपमा बदर भएको जिल्ला निर्वाचन कार्यलय ओखलढुंगाले जनाएको छ । ६२ मध्ये ५० मत भने पुर्णरुपमा सदर भएको जिल्ला निर्वाचन अधिकारी अर्जुन राईले बताए । नमुना मतदान कार्यक्रममा केहि मतमात्र बदर हुनु स्वभाबिक भएको उनको भनाई छ । मतपेटिकामा सबै पर्टीको चुनावचिन्ह समेत नभएकाले मतदाता झुक्किएको राईको भनाई छ । जेठ ३१ को निर्वाचनलाई मध्येनजर गरी जिल्लाका बिभिन्न स्थानमा मतदाता शिक्षा कार्यक्रम चलाएको जिल्ला निार्वचन कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण