शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सेलिब्रिटीको समाजसेवामा शोख, बालबालिकालाई अन्जुले शैक्षिक सामग्री बाँडिन्

आइतबार, १४ जेठ २०७४, १७ : १८
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– पछिल्लो समय समाज सेवामा अगाडि देखिएका सेलिब्रेटीमध्य चर्चित गायिका अन्जु पन्त पनि एक हुन् । उनले आफ्नै नामबाट अन्जु पन्त फाउण्डेसन स्थापना गरेर समाज सेवा गरिरहेकी छन् । शनिबार अन्जुले आफ्नै फाउण्डेसनमार्फत बागमती किनारमा रहेका सुकुम्बासी बस्तिका २२५ बालबालिकाहरुलाई स्कूल ब्याग तथा कपि कलम वितरण गरिन् । जागरण प्रि–प्राइमरी स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा उनले उपस्थित बालबालिकालाई गीत गाएर मनोरन्जन समेत गराइन् । कार्यक्रममा पन्तले ‘म यस्तो गीत गाउछु’, ‘मैले तिमीलाई मन पराको अवस्था हो’ लगायतका केही गीत प्रस्तुत गरेकी थिइन् । लोकप्रिय गायिकाबाट आफ्ना नानीहरुले सहयोग प्राप्त गर्न सकेकोमा बालबालिकाको अभिभावक पनि दंग देखिए । गायिका अन्जुले आफुले बाल्यकालदेखि नै अरुको दुःख देख्न नसक्ने बताउदै आवश्यकता परेकाहरुको निम्ति आफ्नो गास काटेर पनि बताइन् । उनले भनिन् ‘समाजसेवामा लाग्नका लागि फाउण्डेसन सुरु गरेकी हुँ ।’ फाउण्डेसनको उद्देश्य बालबालिका, महिला र मानव बेचविखनको क्षेत्रमा कार्य गर्ने उनले सुनाइन् । उनले थपिन् ‘आफ्नो अभियानमा कलाकार, पत्रकार, समाजसेवी तथा अन्य शुभचिन्तकहरुले ठूलो साथ रहेकोले अझ अगाडि बढ्न उत्साह मिलेको छ ।’ कार्यक्रममा संगीतकार अर्जुन पोखरेल, समाजसेवी थिर केसी लगायतकाको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप