शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरको मतगणना रोकियो, कति छ देबी र रेणुबीचको मतान्तर ?

आइतबार, १४ जेठ २०७४, १७ : २९
आइतबार, १४ जेठ २०७४

चितवन, जेठ १४ –भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि मत गणना रोकिएको छ ।

अपरान्ह ४ बजेपछि गन्नलाई सिल खोल्ने क्रममा मतपेटिकामा भएको नम्बर र मुचुल्का उठाउदा टिपिएको सिलनम्बर फरक फरक  भेटिएको छ ।

फरक नम्बर पाइएपछि सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लेा गणना अनुसार एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाललाई पछि पार्दै आफ्नो अग्रता कायम राखेपनि मतान्तर निकै घटेको छ ।

अहिलेसम्म देवी ज्ञवालीले ४० हजार ९ सय ८० र माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालले ४० हजार १ सय ९६ मत ल्याएका छन् ।  रेणुभन्दा ज्ञवाली ७ सय ८४ मतले मात्र अघि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप