शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

हाम्रो मूभीमा प्रदर्शन लगत्तै नयाँ चलचित्र हेर्न सकिने

आइतबार, १४ जेठ २०७४, १७ : ३३
आइतबार, १४ जेठ २०७४

काठमाडौं, जेठ १४ – नयाँ चलचित्रहरु अब घरमै बसेर हेर्न सकिने भएको छ । सार्वजनिक प्रदर्शन लगतै उक्त चलचित्रहरु घरमै हेर्न सकिने ब्यवस्था हाम्रो मुभी डटकमले गरेको छ ।

एक बिज्ञाप्ती जारी हाम्रो मुभी डटकमले नेपाली चलचित्र जगतलाई विश्वसामू डिजिटल च्यानलका माध्यमबाट पु¥याउने उदेश्य आफ्नो रहेको जानकारी गराएको छ ।

फुल एचडि क्वालिटीमा नयाँ तथा पुरानो चलचित्र उपलब्ध हुन हाम्रो मुभि डटकममा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप श्रेष्ठले जानकारी दिए । युटुवमा नभएका तथा नयाँ चलचित्रहरु प्रदर्शन लगत्तै हाम्रो मुभि डटकम राखिने उनले बताए । मुभि डटकम मार्फत नयाँ तथा पुराना चलचित्र हेर्न मासिक ५.९९ डलरको प्याकेज ल्याइएको सिइओ श्रेष्ठको भनाई छ ।

श्रेष्ठका अनुसार सुरुवाती ३० दिन विदेशमा रहेका नेपालीहरुका लागि विना शुल्क यो सेवा प्रदान गरिने छ । आफ्ना सेवा सहज ढंगमा किन्न सकिने गरी हाम्रो मूभि डटकमले विदेशमा रहेका नेपालीहरुलाई डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डमार्फत आफ्नो प्याकेज किन्न सकिने व्यवस्था शुरु समेत गरेको छ ।

गरेको छ भने स्वदेशमा पनि एससिटि एनपे र इसेवा मार्फत यो सुविधा लिन सक्ने व्यवस्था गरिन लागेको सिइओ श्रेष्ठको भनाई रहेको छ । ग्राहकका सहजताका लागि हाम्रो मुभि डटकमले मोवाइल एप मार्फत एन्ड्रोइड र आइओएस दुवै भर्सनमा पनि आफ्ना सेवा उपलब्ध गराउने तयारी गरिरहेको हाम्रो मुभीले जनाएको छ ।

अहिले ५० हजारभन्दा बढी सब्सक्राइबर रहेको हाम्रो मूभि डटकम पछिल्लो समय नेपाली चलचित्र प्रेमिहरुका माझ लोकप्रिय बन्दै गैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप