शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फाष्ट ट्रयाक शिलान्यासप्रति ओलीको ब्यङग्य

आइतबार, १४ जेठ २०७४, १७ : ५४
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान गरेको काठमाडौं–निचगढ द्रुतमार्ग शिलान्यासप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्यङग्य गरेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका सम्बन्धमा युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिलान्यासप्रति प्रचण्डको ब्यङग्य गरेका हुन् । सरकारले शिलान्यासको खेतीमात्रै गरेको ओलीले आरोप लगाए । प्रधानमन्त्री प्रचण्डले काम नभई कुरा मात्रै गरेको आरोप लगाउँदै ओलीले काममा कुनै रुची नभएका नेताका रुपमा चर्चा गरे । प्रधानमन्त्री दाहालले आइतबार विहान काठमाडोैं निजगढ दु्रतमार्गको शिलान्यास गरेका थिए । आफनो पार्टीले मात्रै विकासको अभियान संचालन गर्ने ओलीको दावी छ । आफनो पार्टीले निर्वाचनमा नजिते मुलुक अन्धकार हुने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप