शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सूचना लिन आमनागरिक नै जागरुक हुनुपर्छः प्रमुख आयुक्त बास्कोटा

आइतबार, १४ जेठ २०७४, १८ : १४
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४ – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लिन आमनागरिक जागरुक हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लव काठमाडौंमा आर.टी.आई एड इन्टरनेशनले आइतबार आयोजना गरेको सूचनाका हक सम्बन्धि देशव्यापी अभियानका अभियन्ताहरुको नामावली घोषणा कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हक मौलिक हक भएकाले यसबारे जनता जागरुक हुनुपर्ने बताएका हुन् । सूचनाको हकबारे जानकार नहुँदा कयौं व्यक्तिहरु आफ्नो अधिकारबारे पनि बेखबर हुँदा विभिन्न समस्याहरुले झेल्ने गरेको उनको भनाई थियो । उनले भने–“हामीसँग अधिकार धेरै छ, तर सूचनाको अभियानले उपयोग गर्न सकिरहेका छैनौं ।” प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचनाले मानिसलाई दिशानिर्देश गर्नुको साथै आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । उनले सूचनाको हकले लोकतन्त्रलाई सुदृढ बनाउनुको साथै देशलाई भ्रष्टचारमुक्त बनाउन समेत सहयोग पुग्ने बताए । बाँस्कोटाले देशका हरेक जिल्लाका युवाहरु सचेत हुँदै यो अभियानमा सामेल हुनुपर्ने भन्दै तालिम प्रदानका लागि राष्ट्रिय सूचना आयोग सदैव तयार रहेको प्रतिवद्धता जनाए । उनले सूचना शक्तिशाली भएकोले निडर भएर यसको अधिकार प्रयोग गर्न आममानिसमा आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप