शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जेठ २८ गतेबाट मतदाता परिचयपत्र वितरण हुने

आइतबार, १४ जेठ २०७४, १८ : २४
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८ गतेदेखि मतदातापत्र वितरण गरिने भएको छ । जेठ १८ गतेदेखि ३० गतेसम्म मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार मतदाता आफैं आफूले मतदान गर्ने मतदान केन्द्रमा उपस्थित भई मतदाता परिचयपत्र लिन सक्नेछन् । आफैं उपस्थित हुन नसक्ने अवस्थामा परिवारको सदस्य हो भन्ने यकिन भएपछि परिवारका सदस्यले समेत आफ्नो परिवारका सदस्यको मतदाता परिचयपत्र बुझिलिन सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन परिचयपत्र लिन आउनेलाई मतदान केन्द्रहरुमै मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदातालाई सही तरिकाले मतदान गर्ने तरिका सिकाउने व्यवस्था मिलाएको पनि आयोगले जनाएको छ । यसका लागि नमूना मतपत्रको व्यवस्था गरिएको र नमूना मतपत्रमा नै मत सङ्केत गर्ने तरिका सिकाइने जनाइएको छ । मतदातालाई सक्कली मतपत्रका बारेमा समेत अग्रिम जानकारी होस् भनी मतदान केन्द्रमा सक्कली मतपत्रसमेत अवलोकनका लागि राखिने आयोगले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप