गणतन्त्र दिवसका अवसरमा लोकगीत सम्मेलन
आइतबार, १४ जेठ २०७४, १८ : ३८
काठमाडौँ, जेठ १४ – रेडियो नेपाल र गृह मन्त्रालयको संयुक्त आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर लोकगीत सम्मेलनको आयोजना गरिएको छ ।
गणतन्त्र दिवस २०७४ को पूर्वसन्ध्यामा आज रेडियो नेपालको प्राङ्गणमा भएको कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारले आफ्नो गीत प्रस्तुत गरिएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकको गणतन्त्र स्थापनामा रेडियो नेपाल र लोकगीतको ठूलो भूमिका रहेको बताए । उनले भने ‘नेपालको लोकगीत बचाउन रेडियो नेपालको ठूलो भूमिका रहेको छ ।’
उनले लोकगीत र लोक संस्कृतिको संरक्षणमा रेडियो नेपालको ठूलो भूमिका रहेको भन्दै यसलाई प्रविधियुक्त बनाउनु जरुरी रहेको उल्लेख गरे।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटाले गणतन्त्रको मूल मर्म लोक संस्कृति र कला भएकाले यसको विकासका लागि रेडियो नेपाल सधैं कटिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा लोकगायक एलपी जोशी, मीरा राणा, जेवी टुहुरे, तीर्थकुमारी थापा, जीवन शर्मा र रचना जीसीलगायत २१ जना गायकले आफ्नो गायन प्रस्तुत गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण