शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चाँगुनारायणको वडा नं.६ मा एमालेको प्यानल नै बिजयी

आइतबार, १४ जेठ २०७४, १८ : ४४
आइतबार, १४ जेठ २०७४
हेमराज ढकाल भक्तपुर, जेठ १४– भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ६ मा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सन्तबहादुर वाइबा बिजयी भएका छन् । उनले ९ सय ७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपाका धन बहादुर लामा ९ सय २६ मत ल्याएका छन । वडा अध्यक्ष सहित उक्त वडामा एमालेको प्यानलनै बिजयी भएका हो । उक्त वडामा एमालेका उम्मेदवारहरु सदस्यमा धन बहादुर लामा, सुजेन्द्र मुनकर्मी, महिला सदस्यमा इन्द्रमाया तामाङ र दलित महिला सदस्यमा मञ्जु विक निर्वाचित भएका छन् । चाँगुनारायण नगरपालीकाको १ देखि ६ नंं. वडा सम्मको मत परिणाम आएउदा नेकपा एमालेका नगर प्रमुखका उम्मेदरवार सोम प्रसाद मिश्र ५ हजार २ सय ८२ र एमालेकी नगर उपप्रमुख विणा बास्तोला ५ हजार ५ सय ७५ मत सहित अगाडी छन् । यो मतान्तरलाई पछ्याउदै नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले ५ हजार २० र उप प्रमुख सरु बानियाँले ५ हजार ४ सय २ मत प्राप्त गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप