शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिको चियापानका लागि को को पुगे शितल निवास ?

आइतबार, १४ जेठ २०७४, १८ : ४४
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४– राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा आइतबार चियापान समारोहको आयोजना गरिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती लगायत उपस्ति थिए । यस्तै, राष्ट्रपतिको चियापानमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उपस्थित भए । तर मधेसवादी दलका नेताहरु भने चियापानमा देखा परेनन् । साथै, उक्त समारोहमा पूर्व प्रधानन्यायाधीश, मन्त्रीगण, न्यायाधीशहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, कलाकार, उद्योगपति, कानुन व्यवसायी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप