शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा दशौँ गणतन्त्र दिवसका अवसरमा चियापान

आइतबार, १४ जेठ २०७४, १८ : ५३
आइतबार, १४ जेठ २०७४
राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गरे । [caption id="attachment_148689" align="alignleft" width="840"] शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर उपस्थिति थिए ।[/caption] सो समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उपस्थित थिए । साथै, उक्त समारोहमा मन्त्रीगण, पूर्व प्रधानन्यायाधीश, न्यायाधीशहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, कलाकार, उद्योगपति, कानुन व्यवसायी, पत्रकारहरुको उपस्थिति रहेको थियो । गणतन्त्र दिवस जेठ १५ का अवसरमा चियापानको आयोजना गर्ने भएता पनि नेपालको संविधानअनुसार जेठ १५ मा नै बजेट प्रस्तुत गर्नुपर्ने भएको हुँदा आज नै सो समारोहको आयोजना गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप