बीपीलाई नेपालरत्न र महेन्द्रनारायणलाई राष्ट्र गौरव पदक
आइतबार, १४ जेठ २०७४, १८ : ५२
काठमाडौं, जेठ १४– सरकारले यस वर्ष नेपालरत्न पदक विपी कोइरालालाई प्रदान गर्ने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले विपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदकबाट विभूषित गर्ने निर्णय गरेको हो ।
सरकारले राष्ट्र गौरव पदक महेन्द्रनारायण निधिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर सोमबार राष्ट्रपति विद्या भण्डारीले सरकारको तर्फबाट पदक वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
विपी कोइरालालाई नेपाल रत्न र महेन्द्रनारायण निधिलाई राष्ट्र गौरव पदकबाट मरणोपरान्त विभूषित गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
सरकारले यस वर्ष ४ सय ४२ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने जनाएको छ । जस अनुसार नोना कोइराला, सेख इद्रिस, अमिक शेरचन, बर्मन बुढा र रामकुमारी यादवलाई महाउज्वल कीर्तिमय राष्ट्रदीप पदक प्रदान गरिनेछ ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर ७ सय ५९ जना कैदीहरुलाई रिहा गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण