महाभियोग प्रस्ताव फिर्ता कि स्थगन ? यस्तो छ संसदमा दर्ता भएको निवेदन
आइतबार, १४ जेठ २०७४, १९ : २९
काठमाडौं, जेठ १४– सरकारले प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव ‘कोमा’ मा छ ।
गत वैशाख १७ गते सत्तारुढ दलका २४९ सांसदले प्रधानन्यायाधीस कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गराएका थिए । तर सर्वोच्चले महाभियोग प्रस्ताव अघि नबढाउनु भन्ने फैसला सुनाएपछि कार्कीसमेत काममा फर्किइन् ।
सर्वोच्चको फैसलालाई लिएर ब्यवस्थापिकामाथिको हस्तक्षेप भनी आलोचनाहरु भए । तर सर्वोच्चको फैसलापछि संसदमा दर्ता भएको प्रस्ताव के गर्ने भन्दै अन्योल भइरहँदा महाभियोग प्रस्ताव दर्ता गराएका प्रस्तावक र समर्थकले नै ससद सचिवालयमा अर्को निवेदन दर्ता गराएका छन् ।
काँग्रेस सांसद मीनबहादुर विश्वकर्मा प्रस्तावक र माअाेवादी सचेतक टेकबहादुर बस्नेत समर्थक भइ वैशाख १७ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।
तीनै दुई जनाको हस्ताक्षर गरी आइतबार प्रस्ताव अघि नबढाउनु भनी संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् ।
सर्वोच्चको आदेश र प्रमुख विपक्षी दल एमालेको सहमतिमा महाभियोग प्रस्ताव फिर्ता लिने भनिए पनि आइतबार दिइएको निवेदनले अन्योलता थपेको छ ।
प्रस्ताव स्थगन पनि नभएको र फिर्ता पनि नलिएको भावमा लेखिएको निवेदन संसद सचिवालयमा दर्ता गरिएको हो ।
‘महाभियोग प्रस्ताव दर्ता गरी संसदमा छलफलका लागि मिति र समय तोकिसकिएकोमा मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर राखी प्रस्ताव अघि नबढाउन अनुरोध गर्दछौं ।’ – निवेदनमा भनिएको छ ।
यस्ताे छ, महाभियाेगका प्रस्तावक र समर्थकले नै अाइतबार संसदमा दर्ता गराएकाे निवेदन ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण