भरतपुर काण्डमा ओलीको आयो यस्तो प्रतिक्रिया
काठमाडौं, जेठ १५– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा भएको घटनाबारे प्रतिक्रिया दिएका छन् । उनले भरतपुरमा भएको घटना लोकतन्त्रमाथिको अराजकता र प्रक्रियामाथिको षड्यन्त्र भएको दाबी गर्दै मतगणना रोकिएको स्थानबाट सुरु पुन हुनुपर्ने बताए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका बडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग गरिरहेको बेला ओलीले कुनै पनि हालतमा पुन निर्वाचन हुन नसक्ने बताएका हुन् । ‘चितवनमा जे भयो त्यो लोकतन्त्रमाथिको अराजकता हो । विधि र प्रक्रियामाथिको षड्यन्त्र हो ’, सोमबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले भने, ‘ पुनः निर्वाचन कुनै पनि हालतमा एमालेले स्वीर्कादैन । यदी जबर्जस्ती गर्न खोजे त्यसको असर अन्यत्र पनि पर्छ ।’
भरतपुर महानगरको मतगणनाका क्रममा गएराती एमाले र माओवादी केन्द्रका प्रतिनिधिबीच विवाद भएसँगै मतपत्र तानातान हुँदा केहि मतपत्र च्यातिएको बताइएको छ । सोहि विवादका कारण त्यहाँको मतगणना अनिश्चित बनेको छ ।
मतपत्र च्यातिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको थियो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू शौचालय गएर फर्कदै गर्दा मतपत्र च्यातिएको र त्यसपछि विवाद बढेको भन्दै अनिश्चितकालका लागि गणना स्थगित गरिएको जानकारी गराएका थिए ।
मतपत्र च्यातेको र प्रहरी माथि हातपात गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पक्राउ पर्नेमा माओवादीका द्रोणबाबु सिवाकोटी र ईश्वर सापकोटा एवम् एमालेका गङ्गालाल लामा रहेका छन् । मतपत्र च्यातिएको बारे एमाले र माओवादी केन्द्रले एक अर्कालाई दोष देखाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण