दाङको तुलसीपुर क्षेत्रका पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा
सोमबार, १५ जेठ २०७४, १५ : ३१
दाङ, १५ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा ९एमाले०बाट चुनाव लड्दै छन् ।
प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो सञ्जीवनी र प्रकाश डाँगी रेडियो तुलसीपुरमा कार्यरत छन् ।
श्रेष्ठले तुलसीपुर उपमहानगरपालिका–५ बाट वडा सदस्य पदमा, डिसी तुलसीपुर उपमहानगरपालिका–११ बाट वडा सदस्य र डाँगी दङ्गीशरण गाउँपालिका–२ को वडा सदस्यमा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
त्यसैगरी एमालेबाट तुलसीपुर उपमहानगरपालिका–९ को वडाध्यक्ष पदमा पत्रकार सङ्गीत बस्याल र सोही उपनगरपालिका–६ को वडा सदस्य पदमा दुर्जमान भण्डारी चुनावी प्रतिपर्धामा रहेका छन् । दुवैजना रेडियो प्रकृति एमफम, तुलसीपुरमा कार्यरत छन् ।
रेडियो प्रकृतिका स्टेसन म्यानेजरसमेत रहेका बस्यालले यसअघि नै पत्रकारिता त्यागेको घोषणा गरिसकेका छन् भने अन्य चारजनाले भने पत्रकारिता त्यागेको औपचारिक घोेषणा गरेका छन् ।
दलहरुले उम्मेदवार बनाएका पत्रकारहरु अहिले आ–आफ्नो पक्षमा मत माग्न मतदातासँग पुगेका छन् । उनीहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण