नेशनल लाईफ इन्स्योरेन्सद्वारा एफएलसीसीआई पदाधिकारीलाई स्वागत
सोमबार, १५ जेठ २०७४, १५ : ३३
काठमाडौं, जेठ १५–नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल उद्योग वाणिज्य महांसघका नव–निर्वाचित अध्यक्ष, कम्पनीका सञ्चालक र कार्यकारी सदस्यलाई स्वागत गरेको छ ।
सो अवसरमा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी शाहले महासंघका सामु थुप्रै अवसर र चुनौति रहेकाले त्यसलाई समाधान गर्ने सम्पूर्ण उद्यमी व्यवसायी एक भएर अघि बढ्नुपर्ने बताइन् । महासंघको नेतृत्व महिलाको हातमा आएकाले उनलाई सहयोग गर्न कार्यसमितिका सदस्यलाई शाहले आग्रह समेत गरिन् ।
महासंघका अध्यक्ष भवानी राणाले आपूmले सम्पूर्ण निजी क्षेत्रको भावनाको प्रतिनिधित्व गरेकोले मुलुक अव आर्थिक समृृद्धिको दिशातिर उन्मुख भएको भन्दै सउहयोगका लागि आग्रह गरिन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ र चण्डीराज ढकाल पशुपति मुरारकाको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण