शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्लाष्टिक उद्योगमा भएको आगलागिमा तीन करोडको क्षती

सोमबार, १५ जेठ २०७४, १५ : ३७
सोमबार, १५ जेठ २०७४
पर्सा, जेठ १५– वीरगंजको बाग्मती प्लास्टीक उद्योगमा आईतवार राति भएको भिषण आगलागीबाट तीन करोड रुपैयाँ बरबारको क्षति भएको छ । आइतबार राति बाग्मति प्लाष्टिक उद्योगको आधिकारीक विक्रेता प्रकाश खन्डेलवालले वीरगन्जको बाइपासमा सन्चालन गरेको सुभाष ट्रेडर्सको गोदाममा आगलागी भएको थियो । आगलागिमा परी सलर गोदाम समेत रहेको दुई तल्ले पक्की भवन जलेर नष्ट भएको छ भने गोदाममा रहेको प्लाष्टिकको कुर्ची , त्रिपाल , चटाइ , मग , बाटा लगायतका सम्पुर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोविन्द साहले जानकारी दिए । वीरगन्ज उपमहानगरपालिका, कलैया उपमहानगरपालिका , चन्द्रनिगाहपुर र सिमावर्ती भारतीय बजार रक्सौलबाट गरि आठ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । गोदाम भित्र विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने सन्चालक खण्डेलवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप