'रोमका राजा'को भावुक बिदाई (फोटोफिचर)
रोम, जेठ १५ – उनी रोमाको अन्तिम खेलको शुरुवाती ११ मा पर्न नसकेपनि जेनोआविरुद्धको खेल एउटै खेलाडीको बारेमा थियो, फ्रान्सिस्को टोटी ।
‘रोमका राजा’ भनेर चिनिने टोटी खेलको दोस्रो हाफमा भने मैदानमा प्रवेश गरे । १–१ को स्थितिमा रहेको खेल अन्त्यमा रोमाले ३–२ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्यो ।
खेलपछि स्टेडियो ओलिम्पकोबाट बिदा माग्दा ४० वर्षीय खेलाडीले आँशु थाम्न सकेनन् । उनलाई उनको चर्चित १० नम्बरको जर्सी फ्रेम गरेर दिइएको थियो भने फ्यानहरुले उनको नम्बरको प्लेकार्डहरु बोकेका थिए ।
निकै भावुक भाषण दिँदै उनले अन्तिम विदा मागे ।
क्लबका लागि ७८० खेलभन्दा बढीमा उनले ३ सयभन्दा बढी गोल गरेका छन् । २४ वर्षे करियरमा उनले लिग उपाधिको साथै दुई पटक कोपा इटालियाको उपाधि पनि जिते ।
देशका लागि उनले ५८ खेलमा ९ गोल गरेका छन् । सन् २००६ मा विश्वकप जितेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण