सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव दुई प्रतिशत
सोमबार, १५ जेठ २०७४, १६ : ०८
काठमाडौँ, जेठ १५ – नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ५८ दशमलव २ प्रतिशत पुगेको छ ।
अर्थ मन्त्रालयले आइतबार जारी गरेको सर्वेक्षणमा शौचालय भएको घर परिवारको सङ्ख्या ८८ दशमलव दुई प्रतिशत रहेको छ । पहाडी तथा सहरी क्षेत्रका ८१ दशमलव एक प्रतिशत र तराईका सहरी क्षेत्रको ३२ दशमलव नौ प्रतिशत घरधुरीमा मात्र धाराबाट पानी आउँछ । कुल जनसङ्ख्या मध्ये ५६ दशमलव एक प्रतिशत व्यक्तिको मात्र सरसफाइ प्रणालीमा पहुँच छ ।
काठमाडौँ उपत्यकामा फागुन मसान्तसम्म ३२० किमी सडक विस्तार भएको छ । भूकम्प, बाढीपहिरो, आगलागीलगायत विपद्मा आश्रयका लागि उपत्यकामा पहिचान भएका २०० खुला स्थानमध्ये हाल १८ ठाउँमा उद्यान निर्माण भइरहेको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४७ लाख ६७ हजार आवासीय संरचनामा ५४ लाख २७ हजार परिवार बसोबास गर्छन् । आवासीय घरमध्ये ३३ प्रतिशत अस्थायी प्रकृतिको रहेको सर्वेक्षणमा उल्लेख छ । ८५ दशमलव २६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा बस्छन् । घर भाडामा बस्ने १२ दशमलव ८१ प्रतिशत पुगेका छन् । १५ वर्षअघि घरभाडामा बस्ने दुई प्रतिशत मात्र थिए ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म दलित, विपन्न, मुस्लिम, चेपाङ, राउटे, गन्धर्व, वादी, वनकरिया, सुरेल, थामीलगायत लोपोन्मुख समुदायका २० हजार परिवारका लागि आवास निर्माण गर्ने कार्यक्रम अन्तर्गत ६१० आवास एकाई निर्माण भएको सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा १८ जिल्लाका १९४ सरकारी कार्यालय मर्मत गर्ने कार्यक्रम रहेकामा विगत आठ महिनासम्म २३ वटा कार्यालय मात्र मर्मत भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण