शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वुट क्यापवाट छानिए २० उत्कृत्ट ‘एग्रोविजनेश पर्सन’

सोमबार, १५ जेठ २०७४, १६ : १२
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५–कृषि क्षेत्रको आधुनिकीकरण र त्यस क्षेत्रलाई प्रोत्साहित गर्ने उद्धेश्यले कृषि वस्तुको व्यवसाय गरिरहेका २० उत्कृष्ट उद्यमी छनोट गरेको छ । ‘एग्रिविजनेश बुट क्याम्प’ मार्फत नेपाल अन्ट्रपे्रनर हब (निहव) नामक एक संस्थाले यी उद्यमी छनोट गरेको हो । छनोट भएका यी उद्यमीलाई नेपाल एग्रिविजनेश इन्टोभेसन सेन्टर (नेविक) लाई हस्तान्तरण गर्ने जनाइएको छ । ती व्यवसायीलाई नेविकले व्यवसायको लगानी गर्नेसँग सहजीकरण गर्ने, व्यवसाय विस्तार गर्ने चुनौती समाधान गर्ने, प्रशिक्षण र परामर्श प्रदान गर्ने जनाइएको छ । आफ्नै लगानीमा सानो तिनो एग्रिविजनेश गरिरहेका तथा केही गर्ने सोच वोकेका व्यक्तिहरुको सहभागितामा उत्कृष्ट २० जना एग्रिविजनेश पर्सनको छनोट भएको नेपाल अन्ट्रपे्रनर हबका विजेन्द्र जोशीले वताए । उनका अनुसार यी उद्यमीको छनोट करिव ३ महिना लगाएर गरिएको थियो । सानो तिनो व्यवसाय गरिरहेका यस्ता उद्यमी मध्ये मुलुकुलकका विभिन्न भागवाट ३ सय ८३ स्टार्टअप र २ सय ५८ व्यवसाय गरिरहेकाहरुले आवेदन गरेका थिए । देशभरवाट आएका ६ सय ४१ ती आवेदनलाई विभिन्न चरणमा छनोटकर्तावाट छनोट भइ उत्कृष्टलाई छनोट गरिएको हो । यस अवसरमा उनीहरुलाई व्यवसाय गर्ने सिप, दक्षता र पुँजी संकलन देखि गुणस्तरियाता समेतको ज्ञान प्रदान गरिएको संथाले जनाएको छ । उत्कृष्ट उद्यमीका रुपमा छनोटमा परेकाले चीया, कफी, केरा, अचार, मह, मसला, जडिवुटी, खाद्य प्रसोधन लगायतको व्यवसाय गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप