शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शिखर क्रेजी सेल मेला सुरु

सोमबार, १५ जेठ २०७४, १६ : १५
सोमबार, १५ जेठ २०७४
काठमाडौं, जेठ १५–फुटवयर ब्राण्ड शिखर सुजले जेठ १४ गतेदेखि क्रेजी सेल मेला राजधानीको भृकुटीमण्डपमा शुरु गरेको छ । उद्योगमन्त्री नविन्द्रराज जोशीले सो मेलाको आइतबार उद्घाटन गरेका हुन् । सो अवसरमा शिखर सुज इण्डस्टीजका प्रवन्ध निर्देशक रामकुष्ण प्रसाइले शिखर सुजको पहिलो एकल प्रदर्शनी सफल हुने विश्वास रहको दावी गरे । नेपाली बजारमा विदेशी जुत्ताको प्रतिस्थापन गर्न नसके पनि नेपाली जुत्ता उद्योग त्यसतर्फ अग्रसर रहेको तर सरकारले त्यस तर्फ ध्यान नदिएकोमा उनले आपत्ति जनाए । मन्त्री जोशीले सरकारले निजी स्तरको कलकारखाना उद्योगसंग सहकार्य गर्दै अगाडी बड्न इच्छुक रहेको र दोहोरो कर प्रणालीलाइ ब्यवस्थित गर्न लागि परेको वताए । मेलामा १५ देखि ८५ प्रतिशतसम्म छुट प्रदान गरिएको छ । मेलामा एक सय देखि माथीका जुत्ता चप्पल विक्रि गरिएको छ । यो योजना शिखर सुजका आधिकारीक सोरुमहरुमा समेत लागु हुनेछ । मेलामा विशेष गरि गर्मियामका लागी उपयुक्त हुने जुत्ता तथा चप्पल पाइने छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप