शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘लेट मी डान्स नेपाल’को फाईनलमा ८ प्रतिस्पर्धी

सोमबार, १५ जेठ २०७४, १६ : २४
सोमबार, १५ जेठ २०७४
  काठमाडौं, जेठ १५ – ‘लेट मी डान्स नेपाल’ दोस्रो–२ को फाईनलका लागि ८ प्रतियोगी छानिएका छन् । बिभिन्न चरणको प्रतियोगीता पार गर्दै अन्तिम स्पर्धाका लागि यी प्रतियोगी आएका हुन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालले संयुक्त आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धा यहि जेष्ठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रतियोगीताका लागि देशैभरिको अडिसनबाट सय भन्दा बढि प्रतियोगी छानिएका थिए । उक्त प्रतियोगीलाई काठमाडौंमा ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ । देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभालाई उजागर गर्ने उदेश्यले ‘लेट मी डान्स नेपाल’ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए । प्रतियोगीतामा नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा निर्णायकमा रहेका छन् । प्रतियोगीतामा विजेताले रु ५ लाख पुरस्कार जित्न सक्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप