शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बजेटमा एमालेले झिक्यो महाभियोगको लफडा

सोमबार, १५ जेठ २०७४, १६ : ४७
सोमबार, १५ जेठ २०७४

काठमाडौ, जेठ १५ –संसदमा चार बजे प्रस्तुत गर्ने भनिएको बजेट एमालेका कारण ढिला भएको छ । प्रतिपक्ष दल एमालेले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव फिर्ता नलिए संसद चल्न नदिने चेतावनी दिएपछि बैठक सुरु हुन ढिला भएको हो ।

एमालेले प्रमुख दलबीच भएको सहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ ।

अहिले संसद भवन बानेश्वरमा सत्तापक्ष र प्रतिपक्षको छुट्छुटै बैठक बसिरहेको छ ।

महाअभियोग प्रस्तावक र समर्थकले उक्त प्रस्ताव अघि नबढाउन सभामुखलाई आइतबार नै पत्राचार गरिसकेका थिए ।

यसैबीच, एमाले नेता गोकर्ण विष्टले प्रतिपक्षी दलसँग भएको सहमति कार्यान्वयन नभए संसद चल्न दिन नसक्ने बताएका छन् ।

सत्तारुढ दलले यसलाई स्थगन गर्ने गरी पत्र लेखेको भन्दै एमालेले महाभियोग प्रस्ताव फिर्ता नै गर्नुपर्ने माग गरेको छ ।

उनले सरकारकै कारणले बजेट नआउने स्थिति पैदा भएको बताउँदै सत्तारुढ दलले आफ्नो प्रतिबद्धता पूरा नगरे कुनै पनि हालतमा संसद नचल्ने र यसको जिम्मेवारी सत्तापक्षले लिनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप